मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ३० सोमबार ०८:५२:००
Read Time : < 1 मिनेट
अर्थ

जनकपुर–जयनगर रेलमार्गको ३ सय मिटर ‘लिक’ बाढीले बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ३० सोमबार ०८:५२:००

नेपार–भारत जोड्ने जनकपुर–जयनगर रेलमार्गको इनरुवास्थित सीमा क्षेत्रमा ३ सय मिटर रेलको लिक (ट्र्याक) बाढीले बगाएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपाल–भारत रेल सञ्चालनका लागि तयार गरिएको रेलको लिक बिहीबारदेखि आइतबार बिहानसम्म परेको पानीकोे बाढीबाट क्षति पुगेको हो । लिकमा रहेका बालुवा, माटो, ढुंगा–गिट्टी सबै बगाएको छ । ‘डुबानमै रहेको र प्रारम्भिक जानकारी भएकाले आर्थिक क्षतिको जानकारी सोमबारसम्ममा मात्र स्पष्ट हुनेछ,’ उनले भने ।

बाढीले कुर्थादेखि बिजलपुरा खण्डको लिक पनि डुबाएको छ । दुई किलोमिटर लामो लिकमाथि १ मिटरसम्म पानी जमेर बसेको छ । पानीको सतह घटेपछि मात्र के–कति क्षति भयो भन्ने थाहा हुने महानिर्देशक मिश्रले जानकारी दिए । त्यस्तै, इनरुवास्थित रेल स्टेसनमा पानी पसेको छ भने जेनेरेटर डुबेको छ । त्यस्तै, विराटनगर स्टेसन क्षेत्रका पर्खालहरू भत्किएका छन् ।