१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २९ आइतबार १८:१९:००
Read Time : < 1 मिनेट
समाचार

मन्त्रिपरिषदकाे निर्णय : बाढी पहिराेबाट घाइते तथा मृतकका परिवारलाई राहत दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २९ आइतबार १८:१९:००

अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएको परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने आइतबार बसेको मन्त्रिपरिषदले निर्णय गरेको छ । यस्तै, सरकारले घाइतेका उपचारको सम्पूर्ण व्यवस्था मिलाउने बैठकले निर्णय गरेको हो ।

सरकारले उद्धार तथा राहतलगायत कार्यमा आवश्यक सहयोग पुर्याउन जनप्रतिनिधि तथा सरकारी निकायहरू, निजी क्षेत्र, सामाजिक क्षेत्र तथा गैरसरकारी संघ संस्थालाई परिचालन हुन आग्रह गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्वीट गर्दै मन्त्रिपरिषकाे निर्णय सार्वजनिक गरेका हुन् ।