Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २९ आइतबार १४:१२:००
Read Time : < 1 मिनेट
प्रदेश

दाङको देउखुरी क्षेत्र जलमग्न, बोधिपुरका ५० घर डुबान

Read Time : < 1 मिनेट
२०७६ असार २९ आइतबार १४:१२:००

अविरल वर्षाका कारण लमही–गढवा सडक खण्डअन्र्तगत बोधिपुरकोे कालोपत्रे बाढीले बगाएको छ । एक महिना पहिले मात्रै गरेको कालोपत्रे बाढीले बगाएको हो । लगातार भएको वर्षाका कारण आएको बाढीले बोधिपुर गाउँको कालोपत्रे बाढीले बगाएको छ ।

बाढीले सडक नै क्षतिग्रस्त बनाएपछि सवारी आवातजावतमा समस्या भएको छ । खोलापारि र वारि सवारीका साधनहरू रोकिएका छन् । साना तथा लामो दूरीमा चल्ने सवारीसाधन शनिबार अबेरसम्म ठप्प भएका छन् । अविरल वर्षाका कारण आएको बाढीले गढवा–५ बोधिपुरका ५० बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार बोधिपुरका जगतराम चौधरीको घर डुबानमा परेर जोखिम भएपछि उनको १२ जनाको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण भएको छ । बोधीपुरका साथै, धर्मपुर, मोतिपुर, तकियापुर, सेमरी, झारबैरा गाउँ बाढीको उच्च जोखिममा रहेका क्षेत्रमा प्रहरी तैनाथ रहेको एसपी पाण्डेले बताए ।

यस्तै, लगातारको वर्षाले देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ आँपखोली टोलमा रूख ढल्दा एउटा पक्की घर नै भत्किएको छ ।

शुक्रबार मध्याह्न घरमाथि एक्कासि कर्माको रूख ढल्दा इस्मा केसीको एकतले पक्की घर पूर्ण रूपमा क्षति पुगेकोे छ । मानवीय क्षति नभए पनि घर भत्किँदा घरभित्रका सामानसहित १० लाखभन्दा बढी क्षति भएको पीडित केसीले बताइन् ।