१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २८ शनिबार २२:१२:००
Read Time : < 1 मिनेट
समाचार

बाढी पहिराेमा परी मृत्यु हुनेकाे संख्या ४३ पुग्याे, २४ जना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २८ शनिबार २२:१२:००

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभर ४३ जनाको मृत्यु भएको छ । वर्षासँगै आएको बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा ललितपुर र भोजपुरमा पाँच-पाँच जना रहेका छन् । यस्तै, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा तीन-तीन जना रहेका छन् भने धादिङ, झापा, सिन्धुलीमा दुई(दुई जना रहेका छन् । मृत्यु हुनेमा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पाका एक-एक जना रहेका छन् । मृतकमध्ये १८ जना महिला र २५ जना पुरुष रहेका छन् ।

बाढी पहिरोमा फसेकाहरूमध्ये एक हजार एक सय चार जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । उद्धार गरिएकाहरूमा महोत्तरीका पाँच सय, रौतहटमा दुई सय, काठमाडौंमा १ सय ८५, सर्लाहीमा सय, सिन्धुलीमा ७०, सप्तरीमा २५, उदयपुरमा १०, ललितपुरमा ८, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक(एक जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो ।

बाढी पहिरोमा २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता भएका छन् । घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।