मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २८ शनिबार १५:१९:००
Read Time : < 1 मिनेट
विश्व

राष्ट्रपति ट्रम्पले जबरजस्ती चुम्बन गरको आरोप, वाइट हाउसद्वारा अस्वीकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २८ शनिबार १५:१९:००

आफ्नो विपक्षीविरुद्ध टिप्पणी गरी चर्चामा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चर्चामा आएका छन् । यस पटक उनी कुनै देश तथा विपक्षीविरुद्ध बोलेर नभई आफ्नै पूर्व सहकर्मी महिलालाई जबरजस्ती चुम्बन (किस) गरेकाे भन्दै चर्चामा आएका हुन् । उनले आफ्नो पूर्व सकहकर्मी महिला अल्वा जोन्सनलाई चुम्बन गरेका थिए ।

एक भिडियोमा राष्ट्रपति ट्रम्पले जोन्सनलाई चुम्बन गरिरहेको सार्वजनिक भएको हो । उनी राष्ट्रपति ट्रम्पको चुनावी प्रचार अभियान टिमका एक हिस्सा थिइन् । साेही क्रममा जोन्सनले आफूलाई राष्ट्रपति ट्रम्पले जबरजस्ती चुम्बन गरेको बताउँदै आएकी हुन् । उनले थपेकी छन्, ‘राष्ट्रपतिको चुनावी दौरानमा ट्रम्पले पुरुष सहयोगीको तुलनामा कम पारिश्रमिक दिए ।’ 

जोन्सनको आरोपको खण्डन गर्दै अमेरिकी राष्ट्रपति कार्यालय वाइट हाउसले सबै गलत भएको जनाएको छ । सोही घटनाबारे तत्कालीन ट्रम्पको चुनावी टिमले भिडियो सार्वजनिक गरी उक्त आरोपको सही के हाे ? पेस गर्ने प्रयास गर्दै आएको छ । चुनावी टिमले भनेको छ, ‘राष्ट्रपति ट्रम्पले जोन्सनलाई चुम्बन गरेको हो तर, जबरजस्ती भने होइन ।’ एजेन्सी