मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २८ शनिबार ०७:२२:००
Read Time : < 1 मिनेट
प्रदेश

दाङमा कुपोषणको उच्च जोखिम 

Read Time : < 1 मिनेट
२०७६ असार २८ शनिबार ०७:२२:००

दाङमा कुपोषणको उच्च जोखिम देखिएको छ । सुआहारा परियोजनाकाअनुसार चालू आर्थिक वर्षमा मात्र जिल्लाका तीन सयभन्दा बढी बालबालिकामा कडा खाले कुपोषण भेटिएको छ । परियोजनाका फिल्ड संयोजक सञ्जयकुमार चौधरीले दाङमा कुपोषणको डरलाग्दो अवस्था रहेको बताए । कुपोषण न्यूनीकरणका लागि स्थानीय तहले प्राथमिकतामा राखेर विशेष कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने आवश्यता देखिएको उनले बताए । 

घोराहीमा सबैभन्दा धेरै चालू आर्थिक वर्षमा तीन सय ६० जना बालबालिकामा कडाखाले कुपोषण भेटिएको संयोजक चौधरीले जानकारी दिए । उनका अनुसार घोराही उपमहानगरपालिकामा एक सय १२, तुलसीपुरमा ५५, लमही नगरपालिकामा १५, बबई गाउँपालिकामा ३८, शान्तिनगरमा ३२, दंगीशरणमा २८, राप्तीमा ४२, गढवामा १९ र बंगलाचुलीमा ६ जना गरी तीन सय ६० जना बालबालिकामा कडाखाले कुपोषण देखिएको छ । यसमध्ये एक सय ३६ जना उपचारपछि स्वास्थ्यमा सुधार भएर घर फर्किएका छन् भने एक सय ३६ जना उपचाररत छन् । त्यस्तै, ८७ जनाले बीचमै उपचार छोडेका छन् ।

१५ स्वास्थ्य संस्थामा उपचार सेवा 
जिल्लामा कुपोषणको डरलाग्दो अवस्था देखिएपछि १५ स्वास्थ्य संस्थासँगको सहकार्यमा कुपोषण नियन्त्रण कार्यक्रम सञ्चालनमा ल्याइएको छ । ती स्वास्थ्य संस्थामा बालबालिकाको उपचारका लागि बहिरंग उपचार केन्द्र स्थापना गरिएको छ । सुआहाराले चालू आर्थिक वर्षमा पोषण, सरसफाइ, शिक्षालगायतका क्षेत्रमा डेढ करोड रुपैयाँ बढी खर्च गरिसकेको छ ।

युएसएआइडीको आर्थिक सहयोगमा नेपाल सरकारमार्फत मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत तीन वर्षयता सुआहारा कार्यक्रम लागू भएको हो । त्यसयता, जिल्लाका ८० हजार घरमा स्वास्थ्य सचेतनाका कार्यक्रम गरिएको सुआहाराका संयोजक सुरजकुमार शर्माले जानकारी दिए । त्यस्तै, हजार दिनका मातृशिशुको स्वास्थ्यमा विशेष हेरचाह, परामर्श र पोषिलो आहाराहरू वितरण गर्ने गरिएको शर्माले बताए ।