मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार २१:४५:००
Read Time : < 1 मिनेट
समाचार

शुक्रबार अविरल वर्षा हुँदा १७ जनाकाे मृत्यु, ७ जना बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार २१:४५:००

दुई दिनदेखि परेको अविरल वर्षाले शुक्रबार १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ र काठमाडौंका तीन-तीन जना रहेको प्रहरीले जनाएको छ । 

यस्तै, वर्षाका कारण मृत्यु हुनेमा भोजपुर र काभ्रेका दुई-दुई जना रहेका छन् भने ओखलढुंगा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरका एक-एक जना रहेको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा ९ जना महिला र ८ जना पुरूष रहेकाे गृह मन्त्रालयले उल्लेख गरेको छ । 

वर्षासँगै ७ जना घाइते भएका छन भने ७ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । चार जनाको सकुशल उद्धार गरिएको छ । प्रभावित क्षेत्रहरुमा सम्पूर्ण जनशक्ति, श्रोत साधन परिचालन गरी उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको जानकारी दिएको छ ।