१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार २७ शुक्रबार २१:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेसका जिल्ला सभापतिद्वारा शिक्षकमाथि हातपात

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार २१:२३:००

हुम्लामा नेपाली कांग्रेसका जिल्ला सभापतिले शिक्षकमाथि हातपात गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईमा रहेका शिक्षक काली बहादुर छत्याललाई सभापति जयपति रोकायाले हातपात गरेका हुन् । 

शिक्षक सरुवाको सिफारिस जबरजस्ती बदर गर्न भनेपछि नमान्दा आफूमाथि हातपात भएको शिक्षक छत्यालले जानकारी दिए । उनले भने, 'हाम्रो मान्छेलाई किन सरुवा गरेको भन्दै हातपात गर्नु भयाे ।'

कांग्रेसका जिल्ला सभापति रोकायाले भने सामान्य विवाद भएकाे बताएका छन् । सामान्य विवाद मात्रै भएकाे तर हातपात नगरेको उनको भनाइ छ । नयाँ पत्रिकासँग कुरा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पाेखरेलले शिक्षक छत्याल जिल्ला प्रशासनमा पुगेर आइतबार उजुरी दिने बताए ।