मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २७ शुक्रबार २०:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

झापामा बाढीले एक जना बेपत्ता, एक जनाकाे शव भेटियो

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार २०:२१:००

वर्षासँगै आएको बाढीले बगाउँदा शुक्रबार झापामा एक जना बेपत्ता भएका छन् । भद्रपुर नगरपालिका–९ प्रणामीनगरस्थित हडिया खोला तर्ने क्रममा मेचीनगर नगरपालिका–१४ मजदुर बस्तीका ४५ वर्षीय सुफल हस्दा सतार बेपत्ता भएका हुन् ।

प्रहरी टोली र स्थानीयबासीले बेपत्ता हस्दाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तै, दमकस्थित मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी संखुवासभा चैनपुर नगरपालिका–७ की ६ वर्षीय बालिका एलिजा न्यौपानेको पानीमा डुबेर मृत्यु भएको छ । दमक–१० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा उनी बेपत्ता भएकी थिइन् ।

इलाका प्रहरी दमकको टोलीले बालिकालाई घटना स्थलभन्दा पाँच सय मिटर दक्षिणमा फेला पारेको थियो । अचेत अवस्थामा भेटिएकी बालिकाको लाइफ लाइन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार नै कमल खोलाको बाढीले बगाएर ल्याएको अवस्थामा शव भेटिएको छ । सो शव बिहान १० बजे बेपत्ता भएका इलाम चुलाचुली गाउँपालिका–१ का ५० वर्षीय अञ्चल लावतीको रहेको पुष्टी भएको प्रहरीले जनाएको छ । साँझ साढे ६ बजे पहिचान भएको शव खोला किनारमा भेटिएपछि स्थानीयबासीले प्रहरी चौकी तोपगाछीमा खबर गरेका थिए ।