मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीवाकर पन्त काठमाडाैं
२०७६ असार २७ शुक्रबार ११:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लियो, दुईजना घाइते

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द

Read Time : < 1 मिनेट
दीवाकर पन्त काठमाडाैं
२०७६ असार २७ शुक्रबार ११:२५:००

त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान  चिप्लिएको छ । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको  धावनमार्गबाट १५ मिटर पर पुगेको छ ।

नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा चिप्लँदा २ जना घाईते भएका छन् । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए । यति एयरलाइन्सको एटिआर नामको उक्त जहाज चिप्लिएपछि अनिश्चित कालका लागि उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । ११ बजेर ६ मिनेटमा चिप्लएको विमानमा सवार अन्य यात्रु सकुशल छन् ।  

तस्बिर ः अमुल थापा