१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
खलंगास्थित त्रिभुवन जनता माविमा स्थापना गरिएको तेस्रो कम्प्युटर ल्याब
२०७६ असार २७ शुक्रबार ११:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

सरकारी विद्यालयमा तीन कम्प्युटर ल्याब

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ११:१५:००

कक्षाकोठाको समेत अभाव हुने सरकारी विद्यालयमा कम्प्युटर देख्नु त अवसर नै जुर्नुपर्छ । तर, पश्चिमी रुकुमको खलंगास्थित त्रिभुवन जनता माविले भने कम्प्युटर ल्याबको समेत व्यवस्था गरेको छ । त्यो पनि एउटा मात्रै होइन, तीनवटा । त्रिभुवन जनता माविमा विज्ञान र इन्जिनियरिङको पढाइ हुन्छ । दुवै संकायका विद्यार्थीका लागि कम्प्युटर ल्याब बनाइएको छ ।

अहिले कक्षा ६ देखि १० सम्म पनि कम्प्युटरको पढाइ हुन थालेको छ । त्यसका लागि तेस्रो कम्प्युटर ल्याब निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनालले बताए । ‘प्रोजेक्टरको माध्यमबाट पढाइ गरिरहेका छौँ । प्रविधिमैत्री बनाउन खोजिरहेका छौँ,’ प्रधानाध्यापक खनालले भने । अहिले स्थापना गरिएको ल्याबमा २१ वटा कम्प्युटर र दुइटा ल्यापटप राखिएका छन् ।  यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहयोग गरेको थियो । मन्त्रालयको साढे ६ लाख र विद्यालयको चार लाखमा ल्याब निर्माण गरिएको प्रधानाध्यापक खनालले बताए ।  योसँगै विद्यालयमा १० वटा सिसिक्यामेरा जडान गरिएको छ । डिजिटल हाजिरीको व्यवस्था गरिएको छ । 

कम्प्युटर पढ्ने विद्यार्थी चार सय
अहिले त्रिभुवन जनता माविमा कक्षा ६ देखि १० सम्म कम्प्युटर विषयको पढाइ हुन्छ । यसमा चार सय ९ विद्यार्थी अध्ययनरत छन् । नयाँ ल्याब स्थापना गरे पनि धेरै विद्यार्थी भएकाले थोरै कम्प्युटरमा पढाउनुपरेको प्रधानाध्यापक खनालले बताए । थोरै कम्प्युटरमा पठाउनु पर्दा समस्या हुने गरेको प्रअ खनालले बताए । ‘पालोपालो गरेर विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिनुपरिरहेको छ,’ उनले भने ।यसअघि भने प्रयोगात्मक कक्षा लिन समस्या हुने गरेको थियो । नयाँ ल्याब बनाएपछि भने केही सहज भएको छ ।