१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रवीन्द्र समीर
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार १०:३४:००
Read Time : < 1 मिनेट
नयाँCity

रातो बाकसको कथा

मेरो पुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार १०:३४:००

यो मृत्युको होइन, जीवनको कथा हो । उपन्यास ‘मृत्युको आयु’ले १३ दिनको कहानी भन्छ । अरबमा पुगेको श्रमिकको मृत्युपछि उपन्यास सुरु हुन्छ । १३ दिनको संस्कारसँगै उपन्यास सकिन्छ । वैदेशिक रोजगारको सिलसिलामा दुबई पुगेको मेरो आफन्त भाइको मृत्यु भएको थियो । त्यहाँबाट शव नेपाल ल्याउन नै दुई हप्ता लाग्यो । म शव नेपाल ल्याउनेदेखि अन्तिम संस्कारसम्म सहभागी भएँ । त्यतिवेला उपन्यासको थिम क्लिक भएको थियो ।

म खाडीको श्रमिक शिविरमा पुगेको छु । त्यहाँको अस्पताल पुगेको छु । रातो बाकसमा थुनिएर आएका श्रमिकको कथा खोज्दै २०औँ दिनसम्म पशुपति पुगेको छु । क्रिया बसेको ठाउँमा गएर बसेको छु । यो उपन्यास कल्पना मात्र होइन, यथार्थ हो । मैले अनुसन्धानकै लागि लामो समय बिताएको छु । यो अरब पुगेका नेपाली श्रमिकको कथा हो । चरम गरिबीले नेपालीलाई अरबको यात्रा गराएको छ । ती श्रमिक सीमान्तकृत छन् । जीविका चलाउन अरब पुग्ने श्रमिक जब रातो बाकसमा फर्किन्छ, त्योभन्दा सीमान्त वर्ग अर्को हुँदैन ।

उपन्यासमा वैज्ञानिक तथ्यको प्रयोग पनि छ । म चिकित्सक हुँ । उपन्यासमा चिकित्सा विज्ञानका कुरा छन् । त्यसकारण पनि उपन्यास कल्पना मात्र होइन भन्न सक्छु । यो उपन्यास मात्र नभएर लघुकथाको संगालो पनि हो । यसमा एक सय ६६ भाग छन् । अर्थात् एक सय ६६ लघुकथा । कुनै आधा पेजका, कुनै एक र कुनै डेढ पेजका छन् ।

छुट्टाछुट्टै पढियो भने लघुकथा हुन्छ । समग्रमा पढियो भने उपन्यास । मैले उपन्यासको संरचना र तत्वलाई छाडेको छैन ।लघुकथा फूलको थुंगा हो भने उपन्यास माला हो । लघुकथा मेरो विधा हो । मैले लघुकथालाई पनि उपन्यासको रूपमा लेख्न सकिन्छ भन्ने प्रयोग गरेको हुँ । पुस्तक लेख्न तीन वर्ष लाग्यो । पहिलो लेखनपछि दर्जनौँपटक पुनर्लेखन गरेँ ।