१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २७ शुक्रबार १०:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

विश्वकप क्रिकेटकाे फाइनलमा भारतकै समर्थक धेरै हुने

भारतीय समर्थकले फाइनलको ८० प्रतिशत टिकट अनलाइनबाट किने

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार १०:३८:००

१२औँ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेल आइतबार लर्ड्स मैदानमा हुँदै छ । उपाधि भिडन्तमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीच खेल हुनेछ । अक्सर फाइनल पुग्ने टोलीका समर्थक नै दर्शकका रूपमा मैदानमा उपस्थित हुन्छन् । तर, लर्ड्समा हुने उपाधि भिडन्तमा फाइनलिस्ट दुई टोलीका भन्दा भारतीय समर्थक बढी हुनेछन् ।

भारत समूह चरणमा उत्कृष्ट प्रदर्शन गरी शीर्ष स्थानमा पुगेपछि भारतीय समर्थकले फाइनलको ८० प्रतिशत टिकट अनलाइनबाट किने । अहिले भारत विश्वकपबाट बाहिरिसकेको छ । तर, भारतीय समर्थकका साथमा फाइनलको टिकट भने सुरक्षित छ । उनीहरूले टिकट बिक्री गरेका छैनन् । आइसिसीलाई फाइनलको चिन्ता लागेको छ । ‘धेरैजसो टिकट भारतीय समर्थकले किनेका छन्, उनीहरू फाइनल खेल हेर्न आएनन् भने लर्ड्स खाली नै हुनेछ,’ आइसिसीले चिन्ता जनाउँदै भन्यो   ।