मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार २७ शुक्रबार १०:२८:००
Read Time : > 1 मिनेट
खेलकुद

२७ वर्षपछि इंग्ल्यान्ड फाइनलमा

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार १०:२८:००

आयोजक इंग्ल्यान्ड २७ वर्षपछि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले आइतबार लड्र्समा उपाधिका लागि न्युजिल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्डले बिहीबार दोस्रो सेमिफाइनलमा साबिक विजेता अस्ट्रेलियामाथि आठ विकेटको सानदार जित निकाल्दै अन्तिम दुई स्थान सुरक्षित गरेको हो । अस्ट्रेलियाको हारसँगै विश्वकप क्रिकेटले पहिलोपटक नयाँ विजेता पाउने पक्का भएको छ । यसअघिका ११ संस्करणसम्म सीमित टोलीले नै उपाधिमाथि कब्जा जमाएका थिए । 

 १९९२ पछि उपाधि भिडन्तमा
एकपक्षीय जितसँगै इंग्ल्यान्ड सन् १९९२ पछि विश्वकपको फाइनलमा पुग्यो । त्यसवेला इंग्ल्यान्ड पाकिस्तानसँग २२ रनले फाइनलमा पराजित भएको थियो । सन् १९७५ को फाइनलमा इंग्ल्यान्ड वेस्टइन्डिजसँग ९२ रनले स्तब्ध भयो । सन् १९८७ को उपाधि भिडन्तमा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि सात रनको रोमाञ्चक जित दर्ता गर्दैै पहिलोपटक विश्व च्याम्पियन ट्रफी उचाल्यो । विश्वकप आयोजकका रूपमा इंग्ल्यान्ड दोस्रोपटक तथा समग्रमा चारपटक फाइनलमा पुगेको हो । 

 पहिलोपटक सेमिफाइनलबाट बाहिरियो अस्ट्रेलिया
पाँचपटकको विश्वकप विजेता अस्ट्रेलिया पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ । यसअघि अस्ट्रेलियाले सातपटक सेमिफाइनलमा स्थान बनाउँदा शतप्रतिशत नतिजा निकालेको थियो । अस्ट्रेलियाले पाँचपटक फाइनल जिती उपाधिमाथि कब्जा जमाएको थियो । बिर्मिङघममा पहिलो ब्याटिङ गरेको अस्ट्रेलिया ५० ओभरमा दुई सय २३ रनमा अलआउट भयो । इंग्ल्यान्डले ३२.१ ओभरमा दुई विकेट मात्र गुमाएर दुई सय २६ रन जोड्यो । इंग्ल्यान्डका कप्तान इयोन मोर्गानले ज्यासनको ओभरमा विजयी चौका प्रहार गरे । 

२७ वर्षपछि इंग्ल्यान्डसँग स्तब्ध
विश्वकप इतिहासमा इंग्ल्यान्डमाथि अस्ट्रेलियाले गर्बिलो प्रदर्शन गरेको छ । अस्ट्रेलिया सन् १९९२ पछि पहिलोपटक इंग्ल्यान्डसँग पराजित भयो । २७ वर्षअघि सिड्नी क्रिकेट मैदानमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि आठ विकेटको जित निकालेको थियो । त्यसपछि अस्ट्रेलिया इंग्ल्यान्डमाथि हाबी हुँदै आएको थियो । यसबीचमा अस्ट्रेलियाले चारपटक विश्वकप उपाधि उचाल्यो । बर्मिङघममा इंग्ल्यान्डले एक सय सात बलअघि नै जित निकाल्यो । 

 मजबुत पहिलो विकेट
सहज लक्ष्य पछ्याउँदा इंग्ल्यान्डले पुनः एकपटक ओपनिङमा उत्कृष्ट सुरुवात पायो । ज्यासन रोय र जोनी बेरिस्टोबीच पहिलो विकेटका लागि १७.२ ओभरमा एक सय २४ रनको साझेदारी भएको थियो । बेरिस्टोले आफ्नो विकेट मिचेल स्टार्कलाई एलबिडब्लूका रूपमा दिए । त्यसपछि रोय एलक्स क्यारीबाट क्याचआउट भए । रोयले ६५ बलमा नौ चौका र पाँच छक्का प्रहार गरी ८५ रन बनाए । बेरिस्टोले ३४ रन जोडे । कप्तान मोर्गान र जोए रुटले तेस्रो विकेटका लागि १२.३ ओभरमा ७९ रनको साझेदारी गरे । रुट ४६ बलमा आठ चौका प्रहार गरी ४९ रनमा नटआउट रहे । मोर्गानले ३९ बलमा आठ चौका ठोक्दै ४५ रन बटुले । 

 स्मिथको धैर्य
पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाको सुरुवात फितलो भयो । अस्ट्रेलिया एक समय १४–३ को कमजोर अवस्थामा थियो । त्यसपछि पूर्वकप्तान स्टिभ स्मिथ र क्यारीबीच चौथो विकेटका लागि एक सय तीन रनको साझेदारी हुँदा अस्ट्रेलिया ११७/४ को अवस्थामा पुग्यो । स्मिथले मिचेल स्टार्कसँग आठौँ विकेटका लागि ५१ रन जोडे ।