मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २७ शुक्रबार १०:२४:००
Read Time : < 1 मिनेट
खेलकुद

अफताबमाथि  एक वर्ष प्रतिबन्ध

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार १०:२४:००

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अफगानिस्तानका फास्टबलर अफताब अलामलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध सुनाएको छ । एकदिवसीय विश्वकप चलिरहँदा महिलामाथि अभद्र व्यवहार गर्नुका साथै आइसिसीको नियम तोडेका कारण अफताबलाई एक वर्ष प्रतिबन्ध लगाएको आइसिसीले जनाएको छ । विश्वकप चलिरहँदा उनले यस्तो अभद्र कार्य गरेका थिए । तत्कालै आफगानिस्तानले उनलाई टोलीबाट बाहिर निकालेको थियो । 

दुई साताको अनुसन्धानपछि घटनामा अफताब दोषी ठहर भए । अफगानिस्तान क्रिकेट बोर्डले गत साता अफताबसँग अनुसन्धान गरेको थियो । २७ जुनमा साउथह्याम्टनमा अफताब र केही साथी होटेल पुगेका थिए । त्यहाँ अफताबले पाहुना महिला खेलाडीमाथि अभद्र व्यवहार गरेको आइसिसीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

यसैगरी, भारत र पाकिस्तानबीचको खेलका दौरान अफताबले आइसिसीको नियमभन्दा बाहिर गई कार्य गरेका थिए । भिभिआइपी मात्र बस्ने कोठामा बसी उनले खेल हेरेका थिए । उनलाई सुरक्षाकर्मीले त्यस स्थानमा खेलाडी बस्न नहुने भन्दै अन्य ठाउँबाट खेल हेर्न आग्रह गरेका थिए । तर, अफताबले सुरक्षाकर्मीको आग्रह नसुनेझैँ गरी भिभिआइपी कोठामा बसी भारत र पाकिस्तानबीचको खेल हेरे । आइसिसीले यी दुवै घटनामा अफताबले आइसिसीको नियम उल्लंघन गरेको जनाएको छ ।

अफताबले भारतविरुद्ध अन्तिम खेल खेलेका थिए । उनले विश्वकपमा तीन खेल खेल्दा चार विकेट हात पारे । न्युजिल्यान्डविरुद्ध तीन तथा भारतविरुद्ध एक विकेट उनको नाममा रह्यो ।