मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अनिल घिमिरे टेक्नोलोजी ब्लगर
अनिल घिमिरे काटमाडाैं
२०७६ असार २७ शुक्रबार ०९:०१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सामाजिक सञ्जाल चलाउँदा यी कुरामा ध्यान दिऊँ

Read Time : > 1 मिनेट
अनिल घिमिरे काटमाडाैं
२०७६ असार २७ शुक्रबार ०९:०१:००

सामान्यतया सामाजिक सञ्जाल चलाउन १३ वर्ष पुगेको हुनुपर्छ । तर, आजभोलि बच्चादेखि वृद्धसम्म मोबाइल, कम्प्युटर आदिको सहज पहुँचमा छन् । यीमध्ये धेरै सामाजिक सञ्जालमा घन्टौँ समय बिताइरहेका हुन्छन् । यसैकारण, पछिल्लो समयमा फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता दिनदिनै बढिरहेका छन् । आधुनिक जीवन पद्धति र प्रविधिसँग जोडिन सामाजिक सञ्जाल उपयुक्त माध्यम हो । यद्यपि, सामाजिक सञ्जाल चलाउन नजान्दा कतिपय अवस्थामा हामीमध्ये धेरैले समस्या व्यहोर्नुपरिरहेको छ । त्यसैले, यस झन्झटबाट बच्न निम्न कुरामा ध्यान दिन आवश्यक छ :

सत्य–तथ्य पत्ता लगाउने
आजकल सामाजिक सञ्जालमा हरेकजसो विषयमा गरम बहस भइरहेको हुन्छ । सत्य कुरा के हो भन्ने थाहा नभईकन पनि कतिपयले त्यसमाथि अनावश्यक विचार राखिरहेका हुन्छन् । जसले गर्दा सम्बन्धित व्यक्तिलाई असर गरिरहेको हुन्छ । यस्ता विषयको विवादले दुर्घटनासमेत निम्त्याउन सक्छ । तसर्थ, सत्य कुरा के हो भन्ने यकिन नभएसम्म अनावश्यक प्रतिक्रिया जनाउनुहुँदैन । 

गोप्यता कायम राख्ने
कतिपय समयमा सामाजिक सञ्जालले तपाईंको गोप्यतामा ह्रास ल्याइरहेको हुन्छ । जसले गर्दा पछिल्लो समयमा आपराधिक गतिविधि पनि बढेको पाइन्छ । आफ्नो प्रोफाइलमा सबै कुरा सेयर गर्नुहुँदैन । सूचना सेयर गर्दा अन्य व्यक्तिले सजिलै थाहा पाउने हुँदा असुरक्षा बढ्न सक्छ । 

प्रोफाइल व्यवस्थापन
सामाजिक सञ्जालमा आइरहने कतिपय विषयले हाम्रो दैनिकीलाई असर गरिरहेको हुन्छ । तसर्थ, आफूलाई आवश्यक पर्ने साइट, पेज वा व्यक्तिलाई मात्र फलो गर्नुपर्छ । यसो गर्दा नचाहिने विषयमा समय बर्बाद गरिहनुपर्दैन । विशेषगरी, किशोर–किशोरीले सामाजिक सञ्जालमा के हेरिरहेका छन् भन्नेमा अभिभावकले ध्यान दिनुपर्छ । आफ्नो प्रोफाइलमा स्रोत नभएका फोटो र भिडियो सेयर गर्नुहँुदैन । सेयर गर्नुपरेमा पूर्ण सत्यता पत्ता लगाएर मात्र अरूलाई फरवार्ड गनुपर्छ । यसले आफू र अरूकोे समय खर्च हुनबाट समेत 
बच्न सकिन्छ । 

ट्रु फ्याक्टरको प्रयोग 
सामाजिक सञ्जालमा आफ्नो अकाउन्ट सुरक्षित राख्न ट्रु फ्याक्टर अन गर्नुपर्छ । जसले अकाउन्टको पासवर्डका साथै अर्को कोड दिने हुँदा प्रोफाइल सुरक्षित बन्छ । ट्रु फ्याक्टर प्रयोग गर्दा अकाउन्ट सजिलै ह्याक हुने डर हुँदैन । साथै, सामाजिक सञ्जालमा प्रयोग गरिने पासवर्ड सकेसम्म जटिल राख्नुपर्छ ।