मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार ०९:०३:००
Read Time : < 1 मिनेट
सप्तरंग

जम्ला त मुकुन र केकीको जोडी ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार ०९:०३:००

गत वर्ष प्रदर्शन भएको फिल्म बुलबुलमा चोपेन्द्रको भूमिकामा अभिनेता मुकुन भुसाल थिए । उनले राम्रै चर्चा पाए । उनले बोल्ने पश्चिमेली शैलीलाई दर्शकले खुब रुचाए । सो फिल्ममा उनको अपोजिटमा अभिनेत्री स्वस्तिमा खड्का थिइन् । स्वस्तिमाले त यही फिल्मबाट सार्क फिल्म फेस्टिभलमा ‘बेस्ट पर्फर्मेन्स अवार्ड’ नै जितिन् ।

 डेब्यु फिल्मबाटै प्रशंसा पाएका मुकुनले केकी अधिकारीसँग स्क्रिन सेयर गर्ने भएका छन् । उनीहरूले फिल्म ‘झिंगे दाउ’मा काम गर्ने पक्का भएको हो । पात्रभन्दा बढी फिल्मको स्क्रिप्टमा ध्यान दिने कुरा बताउने गरेकी केकीले यो फिल्मको पनि स्क्रिप्ट हेरेको हुनुपर्छ । तर, उनीहरूको केमेस्ट्री कति सुहाउनेछ, त्यो भने फिल्म हलसम्म पुगेपछि नै थाहा होला ।