मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ असार २७ शुक्रबार ०८:५६:००
Read Time : < 1 मिनेट
सप्तरंग

रणवीरले खोले दीपिकाको गोपनीयता

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०८:५६:००

रणवीर सिंह र दीपिका पादुकोण बलिउडका चर्चित जोडी हुन् । ६ वर्षसम्म प्रेम सम्बन्धमा रहेर गत वर्ष उनीहरूले विवाह गरे । हालै एक अन्तर्वार्तामा रणवीरले दीपिकासँगको विवाहपछि उनको जिन्दगी कसरी बदलियो भन्ने बताएका छन् । 

अन्तार्वार्तामा रणवीरलाई सोधिएको थियो, ‘के तपाईं र दीपिका झगडा गर्नुहुन्छ ?’ रणवीरले भनेका छन्, ‘हामी कहिल्यै झगडा गर्दैनौँ । हाम्रो सम्बन्ध समयसँगै अझै व्यापक भएको छ । हामीबीच मात्र प्रेम छ । शंकाको कुनै स्थान छैन । हामी एक–अर्काको अनुभव सेयर गर्छौं र खुबै हाँस्छौँ ।’ 

दीपिका बच्चाजस्ती निर्दोष भएको र त्यो कुरा आफूबाहेक कसैलाई थाहा नभएको रणवीरले बताएका छन् । केही दिन पहिले रणवीरले आफ्नो ३४औँ जन्मदिन दीपिकाका साथ लन्डनमा मनाएका थिए ।