मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २७ शुक्रबार ०८:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

माधव नेपाल र श्रीलंकाली नेताबीच भेटवार्ता

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०८:५४:००

श्रीलंका भ्रमणमा रहेका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । नेता नेपाल श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा भाग लिन असार २३ गते कोलम्बो प्रस्थान गरेका थिए । 

विहीबार वरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुरलगायतसँग भेटवार्ता भएको छ । 

भेटवार्ताका क्रममा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धकाबारेमा चर्चा हुनुका साथै गौतम बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो । 

लामो समय द्वन्द्व भोगेका दुबै मुलुकका नेताहरुले आ–आफ्नो देशको द्वन्द्व समाधानका अनुभवहरुका बारेमा चर्चा गरेका थिए । भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो । वरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।