Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार ०८:५६:००
Read Time : < 1 मिनेट
सप्तरंग

टेलर सबैभन्दा बढी कमाउने गायिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार ०८:५६:००

चर्चित गायिका टेलर स्विफ्ट ‘फोब्र्स सेलेब्रिटी १००’ को सूचीमा गत वर्ष १८ दशमलव पाँच करोड डलर कमाइ गर्दै पहिलो स्थानमा रहन सफल भएकी छिन् । दोस्रो स्थानमा  रियालिटी टिभी स्टार काइली जेनर रहेकी छिन् । काइली गत वर्ष पहिलो स्थानमा रहेकी थिइन् । 

केही समयअघि टेलर स्विफ्ट आफ्नो छैटौँ एल्बमको प्रतिलिपि अधिकारलाई लिएर चर्चामा आएकी थिइन् । टेलरले गत ३० जुनमा सामाजिक सञ्जालमा एक पोस्ट लेखेर यसबारे जानकारी दिएकी थिइन् । उनले भनेकी थिइन् कि छैटौँ एल्बमको ‘मास्टर्स राइट्स’ बिग मेसिन ग्रुपले म्युजिक म्यानेजर स्कुटर ब्रौनको इथाका होल्डिंस एलएलसीलाई बेचिदिएको थियो ।

यही सम्झौताप्रति उनले असन्तुष्टि जनाएकी थिइन् । टेलरले करिअरको सुरुवात ‘बिग मेसिन लेबल’बाट गर्दा उनी मात्र १५ वर्षकी थिइन् ।