१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जिल्ला ब्युरो
२०७६ असार २७ शुक्रबार ०९:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अविरल वर्षाले कतै डुवान, कतै सडक अवरुद्ध

Read Time : < 1 मिनेट
जिल्ला ब्युरो
२०७६ असार २७ शुक्रबार ०९:४३:००

तीन दिनदेखीको लगातारको वर्षाले लच्कामा आएको बाढीका कारण यातायात अवरुद्ध भएको छ ।  चन्द्रपुर नगरपालिका वडा नम्बर  २ स्थित लच्कामा आएको बाढीले बिहान एउटा कार बगाएपछि यातायात अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी  कबित कटुवालले जानकारी दिए । 

शुक्रबार बिहानै पुर्ब पश्चिम राजमार्गमा पर्ने लच्कामा आएको बाढीका कारण यातायातका साधन चल्न नसकेको कटुवालको भनाई  छ । चन्द्रनिगाहपुर क्षेत्रका विभिन्न स्थान डुवानमा परेका कारण स्काभेटरका माध्यमबाट पानी खोल्ने काम भइरहेको छ । लाल बकैया नदिले रौतहटको बन्जरहाको बाधमा कटान गरेको छ । नदी कटानका कारण बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तिहरु डुबानमा परेका छन् । 

त्यस्तै बिहीबारदेखि परेको  अविरल वर्षाका कारण रामेछापको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको सेलेघाट र मसानटार सडक खन्डमा पहिरो गएको छ ।   गएराति गएको पहिरोको कारण रामेछापबाट काठमाडौं  र तराईका विभिन्न  जिल्लामा चल्ने यातायातका साधनहरू ठप्प भएका छन् । पानी परिरहेकाले पहिरो हटाउने काम हुन सकेको छैन । भारी वर्षाका कारण  रामेछापबाट काठमाडौं  हिँडेका यात्री बीच बाटोमा नै अलपत्र परेका छन् ।

यसैगरी दुईदिन देखिको लगातार वर्षातको कारण विपिराजमार्ग ५ स्थानमा अवरूद्व भएको छ । विपिराजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ९ भिमान नजिकैको खहरेमा आएको  बाढि र पहिरोको कारण सडक अवरूद्व भएको हो ।  विपिराजमार्गकै   सिन्धुली खुर्कोट खण्डमा ४ स्थानमा पहिरो झरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । वर्षातको कारण सडक खुलाउन समस्या भएको उनकाे भनाइ छ ।  यस राजमार्ग हुँदै दैनिक ५ हजार भन्दा बढि सवारीसाधन आवतजावत गर्छन् ।