मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
२०७६ असार २७ शुक्रबार ०८:२४:००
Read Time : < 1 मिनेट
अर्थ

३ सय विद्युतीय बस खरिद गर्दै सरकार

एक सय बस आगामी आर्थिक वर्षभित्र खरिद गर्ने तयारी

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०८:२४:००

तीन तह (संघ, प्रदेश र स्थानीय)को सरकार र निजी क्षेत्र मिलेर देशभरका मुख्य सडकमा ३ सय विद्युतीय बस सञ्चालन गरिने भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्मा राखेको प्रस्ताव स्वीकृत भएको छ । ‘आगामी आर्थिक वर्ष ०७६/७७ भित्रै १ सयवटा विद्युतीय बस खरिद गरी सञ्चालन गरिने तयारी छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिद र सञ्चालन गर्ने कार्यको संयोजन गर्नेछ । 
 
मोडालिटी तय हुन बाँकी 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राधिकरण गठन गरी बस सञ्चालन गर्ने वा साझा यातायातलाई जिम्मा दिएर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताएको छ । साथै, विद्युतीय बस खरिदमा संघ, प्रदेश र स्थानीय सरकारको कति स्वामित्व हुने, निजी क्षेत्रको लगानी कसरी गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भए पनि प्रारूप (मोडालिटी) नै तयार नभइसकेको सहसचिव ज्ञवालीले जानकारी दिए । 

 रुट र चार्जिङ स्टेसनबारे अब छलफल
मन्त्रालयले विद्युतीय बस देशका कुन–कुन स्थानमा सञ्चालन हुने, चार्जिङ स्टेसन कहाँ रहने भन्ने विषयमा अब छलफल गरिने जानकारी दिएको छ । ‘मन्त्रिपरिषद्को निर्णयले अब थप छलफल गर्न र प्रक्रियालाई अघि बढाउन बाटो खुलेको छ,’ सहसचिव ज्ञवालीले भने । 

 जिटुजी वा बोलपत्र आह्वान गरेर खरिद गरिने
भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले विद्युतीय बस सरकारले सोझै जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) सम्झौता गरी खरिद गर्न सक्ने सम्भावना रहेको जानकारी दिएको छ । ‘त्यस्तो सम्भावना नहुँदा मात्र अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाइनेछ,’ सहसचिव राजेश्वर ज्ञवालीले भने ।