मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १८ बुधबार १६:१३:००
Read Time : < 1 मिनेट
अर्थ

चिनी उद्योग संचालन गर्न उद्योगमन्त्री यादवको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १८ बुधबार १६:१३:००

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योग संचालनका लागि उद्योगीहरुलाई आग्रह गरेका छन् । उनले उद्योग संचालनका लागि चिनी व्यवसायीहरुसँग आवश्यक छलफल गर्न सरकार तयार रहेको स्पष्ट पारे ।


बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले चिनीको मूल्य बढाउने र उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको भन्दै चिनी उद्योगीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरे । चिनी उद्योगीहरुले घाटामा जानु परेको भन्दै पूर्वका चिनी उद्योगहरु बन्द गराएका छन् । चिनीको मूल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा चिनी उद्योगीहरुले चिनी उद्योग बन्द गराएको मन्त्री यादवको आरोप छ ।    

मन्त्री यादवले चिनी र उखुको मूल्य दुई दिन भित्र तोक्ने तयारी भईरहेको पनि समितिलाई जानकारी गराए । उनले उद्योगीहरुकै सल्लाहमा प्रधानमन्त्री केपी ओलीले चिनी आयातमा प्रतिबन्ध लगाएको स्मरण गराए ।