१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार २७ शुक्रबार ०७:०७:००
Read Time : < 1 मिनेट
प्रदेश

रसुवामा नयाँ पर्यटकीय गन्तव्य

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०७:०७:००

रसुवामा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । जिल्लामा पर्यटन प्रवद्र्धनका लागि आमाछोदिङ्मो गाउँपालिकाले नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको हो । गाउँपालिकाभित्र ओझेलमा रहेका पर्यटकीय मार्गको अध्ययन गरी पहिचान गरिएको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए । उनले भने, ‘नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोही संघ, गणेश हिमाल पर्यटन बोर्ड, हाईलाइटस टुरिजम डकुमेन्ट्रि लिडर तथा म्याप हाउसको प्रतिनिधिको सहभागितामा नयाँ पर्यटकीय मार्ग पहिचान गर्न अध्ययन भएको थियो । अध्ययनले जिल्लाको मैलुङ हुँदै हाकु, गत्लाङ, जार्सा, खुर्पु, जयश्वरी कुण्ड, डिल्पो कुण्ड, साङजेन हिमाल बेस क्याम्प भएर चिलिमेको तातोपानीसम्मको पर्यटकीय पदमागको पहिचान गरेको छ ।’

जिल्लाको तिरू, हाकु हुँदै गत्लाङ जाने तथा हाकुबेँसी, ठूलोहाकु हुँदै गत्लाङ जाने तामाङ सम्पदा मार्गको पनि अध्ययन गरिएको उनले जानकारी दिए । सोही गन्तव्य सान्जेन उपत्यका, सान्जेन हिमाल र तातोपानी क्षेत्रको प्रमुख आकर्षणकीय क्षेत्रहरू हुन् । अध्ययन टोलीले सान्जेन हिमालको फेदमा डिल्पो कुण्ड पनि पत्ता लगाएको छ । नयाँ पहिचान गरिएका पदमार्गमा होटेलहरू सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ । त्यसैगरी, पर्यटकीय क्षेत्रको अध्ययन गरिएसँगै अब पर्यटन प्रवद्र्धनको कार्यक्रम सञ्चालन गरिने तामाङले बताए । नयाँ पर्यटकीय गन्तव्य पहिचानका लागि गरिएको अध्ययनले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उनले दाबी गरे ।