१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार २७ शुक्रबार ०७:०७:००
Read Time : > 1 मिनेट
प्रदेश

हेटौँडा इजलासबाट लक्ष्यभन्दा धेरै मुद्दा फस्र्योट

Read Time : > 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०७:०७:००

उच्च अदालत पाटन हेटौँडा इजलासले लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट गर्न सफल भएको छ । चालू आर्थिक वर्ष ०७५/०७६ को अन्तिम महिना असार २५ सम्म हेटौँडा इजलासले ७९.४९ प्रतिशत मुद्दा फस्र्योट गरेको जनाएको छ । चालू आर्थिक वर्षमा ७० प्रतिशत मुद्दा फस्र्योट हुने लक्ष्य लिएको हेटौँडा इजलासले असार मसान्तसम्म ८० प्रतिशत पुग्ने दाबी गर्दै मुद्दा फैसलालाई तीव्रता दिएको साबित गरेको हो । गत आव ०७४/०७५ मा ७६ प्रतिशत मुद्दा फस्र्योट गरेको इजलासले चालू आवमा १ हजार १ सय ५५ वटा मुद्दा किनारा लागिसकेको तथ्यांकमा उल्लेख छ । इजलासमा दर्ता भएका १ हजार ४ सय ५३ वटा मुद्दामध्ये अघिल्लो आवको जिम्मेवारी सरेको दुई सय ९४, गत महिनासम्म एक हजार ९७, असार मसान्तमा ६२ मुद्दा छन् । 

इजलासमा दर्ता भएका मुद्दामध्ये पुनरावेदन क्षेत्राधिकारअन्तर्गत पर्ने दुनियाँवादी देवानी दुई सय १६, दुनियाँवादी फौजदारी एक सय ७९, सरकारवादी फौजदारी सात सय ९०, साधक ३, सुरु क्षेत्राधिकारअन्तर्गत पर्ने सुरु देवानी फौजदारी ४, करार र अवहेलना ७, वाणिज्य ४४, रिट क्षेत्राधिकारअन्तर्गत पर्ने निषेधाज्ञा ६०, परमादेश १७, उत्प्रेषण २८ र बन्दीप्रत्यक्षीकरण ५ वटा रहेको तथ्यांक छ । इजलासका अनुसार गत महिनासम्म ९ सय ९२, असार मसान्तमा १ सय ६३ मुद्दा फस्र्योट हुँदा २ सय ९८ वटा मुद्दा फैसला हुन बाँकी छ । इजलासमा हालसम्म निवेदन र प्रतिवेदन २६०/२६० दर्ता भएका छन् ।

दर्ता भएका निवेदनमध्ये दुई सय ५९ र २ सय ५७ वटा प्रतिवेदन फस्र्योट भइसकेको छ । मकवानपुर र चितवनका क्षेत्र पर्ने इजालासले पुनरावेदन, रिटहरू र सुरु क्षेत्राधिकार ग्रहण गर्ने किसिमका मुद्दा अध्ययन गर्ने रजिस्ट्रार विकास श्रेष्ठले बताए । हेटौँडा इजलासमा प्रमुख न्यायाधीश टेकराज नेपालसहित गोपाल भट्टराई, कृष्ण गिरी, पुष्पराज कोइरालालगायत ६ जना न्यायाधीश कार्यरत छन् ।

रणनीतिक योजनाले बढायो मुद्दा फस्र्योट
सर्वोच्च अदालतले देशभरका अदालतमा कार्यान्वयन हुने गरी बनाएको १५ वर्षे रणनीतिक कार्ययोजनाअनुसार काम गर्दा मुद्दा फस्र्योट बढेको हेटौँडा इजलासले दाबी गरेको छ । प्रमुख न्यायाधीश टेकराज नेपालले १५ वर्षे कार्ययोजनाअनुसार काम अघि बढाएको बताए । नेपालले मुद्दा फस्र्योटमा हेटौँडा इजलास अग्रस्थानमा रहेको दाबी गरे । ‘हामीले लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट गर्ने उद्देश्यसाथ प्रत्येक महिना संख्या बढायौँ,’ उनले भने, ‘फलस्वरूप लक्ष्यभन्दा १० प्रतिशत मुद्दा फस्र्योट भइसकेको छ, यो अवस्था अझ वृद्धि हुने अपेक्षा लिएका छौँ ।’

न्याय निष्पक्ष ढंगलेदिइनेछ : न्यायाधीश
हेटौँडा इजलासका न्यायाधीशहरूले न्याय निष्पक्ष ढंगले दिने दाबी गरे । बिहीबार आयोजित अन्तक्र्रियमा बोल्दै न्यायाधीश पुष्पराज कोइरालाले न्याय दिने सवालमा निष्पक्ष हुनुपर्ने भएकाले न्याय क्षेत्रको हैसियत सबैभन्दा माथि रहेको बताए । न्यायाधीशहरू अहिलेको अवस्थामा पनि खुम्चिएको, सञ्चार क्षेत्रमा पनि नदेखिने, कुनै क्षेत्रमा खुल्न नचाहनुको कारणबारे प्रश्नमा उनले निष्पक्ष, स्वतन्त्र भएर न्याय दिनुपर्ने भएकाले न्यायाधीश कुनै सवालमा अगाडि नदिने स्वीकारे ।