मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २७ शुक्रबार ०६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चीनसँगको हवाई सम्झौता पुनरावलोकन गर्ने सरकारको निर्णय 

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०६:५४:००

सरकारले चीनसँगको हवाई सम्झौता पुनरावलोकन गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले उडान संख्या वृद्धि, रुट तालिका पुनरावलोकनलगायत विषयमा वार्ता र सम्झौता गर्न टोली गठन गर्ने निर्णय गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गर्ने सरकारको निर्णय छ । आगामी २५ र २६ जुलाईमा चीनको राजधानी बेइजिङमा यससम्बन्धी वार्ता हुँदै छ । 

त्यस्तै, सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई  १० लाख रुपैयाँ दिने र आन्दोलनका घाइतेको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । विद्युतीय बस खरिद गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । 

सर्वोच्च अदालतको आदेशअनुसार ऐतिहासिक बागदरबारको संरक्षणका लागि दरबारको वास्तुकला, प्रविधि, वास्तुकृति र स्वरूपको मौलिकतालाई कायम राखी पुनर्निर्माण, पुनस्र्थापनाको विषयमा अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा ११ सदस्यीय विज्ञसमूह गठन गर्ने निर्णय गरेको छ ।