मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २७ शुक्रबार ०६:५८:००
Read Time : > 1 मिनेट
समाचार

‘गुणस्तरीय शिक्षाका लागि विद्यार्थीलाई रोक्न मिल्दैन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २७ शुक्रबार ०६:५८:००

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुणस्तरीय शिक्षाका लागि विद्यार्थीलाई नेपालमै रोक्न नमिल्ने बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ– ई–क्यानले बिहीबारबाट सुरु गरेको १३औँ इक्यान शैक्षिक मेलाको उद्घाटन गर्दै उनले नेपालका विश्वविद्यालयको बिग्रँदै गएको छविले गर्दा विद्यार्थी पलायन हुने अवस्था आएको बताएका हुन् । 


प्रमाणपत्र बेच्ने र अंक थपेर बढाइदिने प्रवृत्तिले नेपालका विश्वविद्यालय बद्नाम हुँदै गएको उनको भनाइ छ । स्तरीय शिक्षा प्रदान गर्न नसक्दासम्म राम्रो अवसरको खोजीमा नेपाली विद्यार्थीलाई रोक्नु नहुने उनको भनाइ छ । ई–क्यानका अध्यक्ष विष्णुहरि पाण्डेले विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा सूचना प्रदान गर्न मेला आयोजना गरेको बताए ।

उनले सर्वाेच्च अदालतले परमादेश जारी गर्दा पनि शिक्षा मन्त्रालयले नो अब्जेक्सन लेटर उपलब्ध नगराएको र यसले गर्दा विद्यार्थीहरू मारमा परेको गुनासो गरे । आइतबारसम्म चल्ने मेलामा चार सयभन्दा बढी शैक्षिक परामर्शदाताहरूको स्टल राखिएको छ । कार्यक्रममा ई–क्यानका पूर्व अध्यक्ष राजेन्द्र बराल सम्मानित भए ।

एकै ठाउँमा सम्पूर्ण सूचना :बुद्धिप्रसाद रेग्मी
मेला व्यवस्थापक, १३औँ ई–क्यान शैक्षिक मेला


ई–क्यान शैक्षिक मेला किन ?
ई–क्यान शैक्षिक मेला १३औँ शृंखला हो । ई–क्यानको वार्षिक रूपमा गरिने कार्यक्रम हो । विदेश र नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एकै ठाउँबाट परामर्श दिने उदेस्यले मेला आयोजना गरेको हो । देश विदेशका कलेज, युनिभर्सिटिका साथै शैक्षिक परामर्श व्यवसायी मेलामा छन् । एकै ठाउँमा सम्पूर्ण सूचना 
प्राप्त हुनेछ ।

मेलाको पहिलो दिन कस्तो रह्यो ?
मेलाको पहिलो दिन मौसम प्रतिकूल हुँदाहुँदै पनि सबै पक्षबाट सहयोग प्राप्त भयो । समग्रमा सबैको सहयोगले मेला सौहार्दपूर्ण वातावरणमा उद्घाटन भयो । पहिलो दिनमै अवलोकन गर्ने विद्यार्थीहरूको संख्या राम्रो भयो । पहिलो दिन १५ देखि २० हजार विद्यार्थीबाट अवलोकन भयो । 

विगतमा भन्दा के फरक छ मेलाको आकर्षण ?
विगतमा ई–क्यानको कार्यतालिकाअनुसार मनाइने गरिन्थ्यो । अहिले हामीले पृथक् रूपमा मेला आयोजना गरेका छौँ । प्रिन्ट, सोसल, डिजिटल मिडियाको साथ सहयोग लिएर विगतमा कार्यक्रम गथ्र्यौं, त्यसका साथै यो वर्ष प्रचारप्रसारका लागि विभिन्न सेलिब्रेटीहरूको साथ पायौँ । कलाकारहरूले मेलाको बारेमा राम्रो वकालत गर्नुभएको छ । देश, विदेशका विभिन्न कलेज तथा युनिभर्सिटीहरूको राम्रो उपस्थिति छ । मेलाको ब्रान्डिङ तथा आन्तरिक व्यवस्थापनमा काम राम्रोसँग भयो । यसपटक अरू धेरै हिसाबले फरक छ । यस वर्ष बनेपा, धुलिखेलदेखि पनि मेलामा आउने विद्यार्थीलाई सुविधा दिनका लागि निःशुल्क रूपमा बसको व्यवस्था गरेका छौँ ।