छाप्रेवास र धामी खोलाको बस्तीमा पहिरो

२०७६ असार २७ शुक्रबार ०६:४८:००

महांकाल गाउँपालिका–३ स्थित छाप्रेवास र धामी खोलाको बस्तीमा पहिरो गएको छ । स्थानीय पाँच घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले बताए ।  धामीखोलामा बिहीबार र छाप्रेवासमा बुधबार पहिरो गएको हो । धामी खोलामा पाँच घर र छाप्रेवासमा दुई गोठ छन् । पहिरोमा मानवीय क्षति भएको छैन । सडक भने अवरुद्ध 
भएको छ ।

निरन्तरको पानीले पहिरो हटाउन नसकिएको दाहालले बताए । उनले भने ‘निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन सकिएको छैन् । बलजफ्ती पहिरो पन्छाउन खोजेमा अर्को दुर्घटनाको सम्भावना छ । त्यसैले वर्षा रोकेएपछि पहिरो सफा गर्ने योजनामा छौँ ।’ दुर्लुङ र हेलटारबाट डोजर ल्याएर पहिरो पन्छाउने तयारी रहेको उनले बताए । गाउँपालिकाले रेडक्रससँग राहत सामग्री माग गरेको छ ।

 

 

 

सम्बन्धित समाचार