मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २६ बिहीबार २०:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

वर्षातसँगै बुढीगंगा नदी थुनिने खतरा

Read Time : < 1 मिनेट
२०७६ असार २६ बिहीबार २०:४९:००

वर्षातसँगै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाबीचमा रहेको बुढीगंगा नदी थुनिने खतरामा बढेकाे छ । पानीकाे बहाव बढ्दै जाँदा त्रिवेणी नगरपालिका-९ मा पहिरो खस्न थालेपछि नदी थुनिने खतरामा रहेको वडाध्यक्ष ९ का वीर बहादुर विष्टले जानकारी दिए ।

'हिउँदमा पनि पहिरो खस्ने गरेकाे थियाे । खासै असर थिएन । वर्षातमा नदी थुनिने खतरा हुँदा खतरा रहेकाे छ,' स्थानीयबासी तुला बहादुर खत्रीले भने, 'लगातार पहिरो बढ्दै गए जुन बेला पनि नदी थुनिन सक्ने खतरा छ ।'

नदी थुनिने खतरासँग खेती योग्य जमिन, झुलङ्गे पुल र साँफे-मार्तडी सडक खण्ड उच्च जोखिममा परेकाे छ । यस्तै, जिल्लाकाे ताप्रिसेरा, सेरा बगर, मौरे, अछामको बुढाबगर, साँफेबगरलगायत केही स्ठान उच्च जोखिममा परेकाे छ । नदीमा जोखिम बढेपछि केही परिवार घर छाडेर सुरक्षित स्थानमा बसाइ सरेका छन् ।