१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार २६ बिहीबार १९:१६:००
Read Time : < 1 मिनेट
समाचार

बाख्रा चराउन गएकी बालिका बलात्कृत 

Read Time : < 1 मिनेट
२०७६ असार २६ बिहीबार १९:१६:००

सिरहाको पश्चिमवर्ती कल्यणपुरस्थित कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीय बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका-३ का ५५ वर्षीय रामवृक्ष साफीलाई पक्राउ गरी जबरजस्ती करणीअन्तर्गत मुद्दामा बुधबार नै अदालतबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

मिर्चैयाका डिएसपी सुकदेव खनालले पीडित कमला बगरमा भैँसी चराउन गएका साफीले मंगलबार दिउँसो बालिकालाई जबर्जस्ती करणी गरेको जानकारी दिए । पीडित बालिका र साफीको सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।