चार्जमा राखेकाे मोबाइलबाट करेन्ट लाग्दा बालकको मृत्यु

२०७६ असार २६ बिहीबार १९:१०:००

झापाको गौरादह नगरपालिका–८ दामाबारीमा चार्ज गर्न राखेकाे मोबाइलबाट करेन्ट लागेर बिहीबार ६ वर्षीय बालक रोशन महताको मृत्यु भएको छ ।
 
मोरङको रतुवामाई नगरपालिका घर भई झापामा मामाघर बस्दै आएका बालकले चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

महतो स्थानीय ज्ञानोदय माविमा एलकेजीमा अध्ययनरत थिए । बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्त मेहन्द्रकुमार श्रेष्ठले बताए । रासस

सम्बन्धित समाचार