मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार १७:४५:००
Read Time : < 1 मिनेट
विश्व

जब आमा रोएको सुनेर 'ब्रेन डेथ' भएका छोराको होस खुल्यो...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार १७:४५:००

भारतको तेलङ्गाना राज्यस्थित सूर्यपेट जिल्लामा ब्रेन डेथ (मस्तिष्क घात) भएका युवा होसमा आएका छन् । गम्धम किरन नाम गरेका ती युवा आमा रोएको सुनेर होसमा आएको समाचारमा जनाइएको छ । ब्रेन डेथपछि अन्तिस संस्कार गर्ने तयारी हुँदै गर्दा आमाको रूवाइ सुनेर उनी होसमा आएका हुन् ।

१८ वर्षीय किरनको अन्तिम संस्कार गर्न सबै तयारी पूरा हुँदै गर्दा उनकी आमा नजिकै बसेर रोएकी थिइन । आमा रोएको सुनेर युवाले आँखाबाट आसु बगाएका थिए । युवाको आँखाबाट आसु बगेसँगै उनलाई अस्पताल पुर्याइएको थियो ।

ब्रेन डेथ भएका किरनको हात समातेर डाक्टरले अब उनी ठिक हुने बताएका थिए । युवाको होस आएसँगै उनको परिवारमा खुसी छाएको छ । उनलाई हैदराबादका डाक्टरहरूको सल्लाहमा जिल्ला अस्पतालका डाक्टरहरूले हेरचाह गर्दै आएका छन् । उनी होसमा आएको तीन दिनपछि कुरा गर्न सक्ने भएको डाक्टरले जानकारी दिएको समाचारमा जनाइएको छ । उनको अवस्था ठिक भएकाले आइतबार डिस्चार्ज हुने डाक्टरले जानकारी दिएका छन् ।

सुरूमा उल्टी भएपछि अस्पताल पुर्याइएको किरनलाई डाक्टरले हेपटाइटिस भएको बताएका थिए । उपचारका क्रममा उनी कोमामा गएपछि डाक्टरले ब्रेड डेथ भएको घोषणा गरेका थिए । एजेन्सी