Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार १६:५५:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसलाई संचारमन्त्रीले भने, 'विप्लव' समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्नु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार १६:५५:००

सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द 'विप्लव' समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् । उनले सो समूहकाे हिंसात्मक गतिविधिको सहारामा कांग्रेसले सरकारमाथि प्रश्न उठाउँदै आएको भन्दै दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका हुन् । 

मन्त्री बास्कोटाले संविधान र कानुनविरुद्ध कांग्रेसले चन्द समूहलाई काखी च्यापेकोमा प्रश्न गरे । भोजपुरमा चन्द समूह र प्रहरीबीच भएको झडपमा बुधबार दुवै पक्षका एक/एक जनाको मृत्यु भएको थियो । सोही घटनालाई लिएर कांग्रेसले ‘मृत्यको व्यापार’ गरिरहेको सरकारमाथि आरोप लगाउँदै आएकाे छ । कांग्रेसको भनाइबारे टिप्पणी गर्दै मन्त्री बास्कोटाले आपत्ति जनाएका हुन् ।

मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याबारे गर्न संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखे । कांग्रेसले त्यस घटनाको छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै संसद बैठकमा अवरोध गर्दै आएको छ ।