मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २६ बिहीबार १६:४६:००
Read Time : < 1 मिनेट
समाचार

सर्लाहीमा प्रहरी गोलीबाट मारिएका सिंहको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २६ बिहीबार १६:४६:००

बाटो खुलाउने क्रममा गत असार १५ गते प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको परिवारलाई सरकारले १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । 

प्रहरीले अनावश्यक बल प्रयोग गर्दा सिंहको मृत्यु भएको भन्दै राष्ट्रिय जनता पार्टीले संसद आवाज उठाएको थियो । सो घटनाबारे संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्दै राजपा र प्रमुख प्रतिपक्षले संसद अवरुद्ध गरेका थिए । गत असार १५ गते सर्लाहीको बाँकेमा प्रहरीको गोली लागेर सिंहको मृत्यु भएको थियो ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था पनि सरकारले गर्ने बताए ।

सोही घटनामा अर्का एक जनालाई गोली लागेको छ । अन्य केही घाइते छन् ।