१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ असार २६ बिहीबार १६:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

थुनामा रहेका विप्लव नेकपा नेताको घरमा पक्राउ पूर्जी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ असार २६ बिहीबार १६:१३:००

नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन) को नाममा संखुवासभा जिल्ला अदालतले जारी गरेको ३५ दिने पक्राउ पूर्जी रुकुमको त्रिवेणी गाउँपालिका ६ मुरुस्थित उनको घरमा प्रहरीले टाँस गरेको छ । 

संखुवासभामा उनीमाथि रहेको संगठित रुपमा आगजनी गरेको र संगठित रुपमा हातहतियार ओसारपसार तथा संचय मुुद्दामा अदालतले उनलाई पक्राउ पूर्जी जारी गरेको हो ।

ओलीकी श्रीमती अम्बिका चन्दले थुनामा रहेका पतिलाई पक्राउ गर्ने सूचना बुधबार प्रहरीले घरमा टाँस गरेको बताइन् । अदालतले टाँस गर्न पठाएको पत्रमा गिरफ्तार गर्न पक्राउ पूर्जी जारी भएकोमा सो बमोजिम पक्राउ भई नआएकाले ३५ दिने पूर्जी जारी गरेको उल्लेख छ ।

ओलीलाई गत चैत ८ गते काभ्रेको खानीखोलाबाट प्रहरीले पक्राउ गरेको थियो । नख्खुमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा उनलाई बैशाख १० गते जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । त्यसयता उनी नख्खु कारागारमा थुनामा छन् । संखुवासभा जिल्ला अदालतले ओली पूर्पक्षका लागि कारागार चलान भएकाे १३ दिनपछि बैशाख २३ गते साे पक्राउ पूर्जी जारी गरेकाे हाे ।