मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार १५:५२:००
Read Time : < 1 मिनेट
समाचार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया राेक्न डा. केसीकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार १५:५२:००

वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै तत्काल रोक्न सरकारसँग माग गरेका छन् । योग्य मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने गरी आयोगको उपाध्यक्ष छनौट गर्नुपर्ने भएकाले हाल अघि बढाएको प्रक्रिया खारेज गर्न सरकारसँग उनले माग गरेका हुन् । 

उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्य क्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । 

पत्रकार सम्मेलनमा वरिष्ठ चिकित्सक केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको ऐनसँग सम्बन्धित विधेयक आम नागरिकको मुख थुन्ने गरी आएको दावी गर्दै तत्काल खारेज गर्न सरकारलाई दवाव दिए ।