मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी इस्लामाबाद
२०७६ असार २६ बिहीबार १४:२८:००
Read Time : < 1 मिनेट
विश्व

रेल जुध्दा पाकिस्तानमा १० यात्रुको मृत्यु, दर्जनौं घाइते 

Read Time : < 1 मिनेट
रासस/एएफपी इस्लामाबाद
२०७६ असार २६ बिहीबार १४:२८:००

पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल आपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य ६० जनाभन्दा बढी घाइते भएका छन् ।

पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल आपसमा जुधेका थिए ।

स्थानीय प्रहरी अधिकृत ओमार सलामतले दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतले घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको बताए ।

भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ ।

पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जनाएका छन् ।