मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २६ बिहीबार १४:०८:००
Read Time : < 1 मिनेट
समाचार

दूतावासको विषादी परीक्षण सम्बन्धि पत्रबारे परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्छ : कृषि मन्त्री खनाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २६ बिहीबार १४:०८:००

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् ।

भारतीय दुतावासले पठाएको सो पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने प्रतिक्रिया दिएका हुन् । काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले परराष्ट्र मन्त्रालयले सो पत्रबारे आफ्नो मन्त्रालयलाई भने जानकारी गराएको उल्लेख गरे । सो पत्रपछि पनि भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परिक्षणको काम रोकिएको स्पष्ट पारे । 

अर्को प्रसंगमा मन्त्री खनालले तत्कालका लागि मलको अभाव नभएको बताए । मनसुन सूरु भएकाले धान रोपाईँमा कुनै समस्या नभएको उनको भनाई थियो । यस वर्ष मनसुन ढिलाई भएकाले गत वर्षको तुलनामा कम धान रोपाईँ भएको उनले जानकारी दिए ।