मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी  इङल्याण्ड
२०७६ असार २६ बिहीबार ११:४७:००
Read Time : < 1 मिनेट
खेलकुद

तपाई प्रशंसकसँगै हामी सबै दुखी छौ : विराट कोहली

Read Time : < 1 मिनेट
एजेन्सी  इङल्याण्ड
२०७६ असार २६ बिहीबार ११:४७:००

विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा न्युजिल्याण्डसँग १८ रनले पराजित भएसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ । न्युजिल्याण्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरको खेलमा जम्मा २ सय २१ रनमात्र बनाएपछि हार ब्यहोर्नु परेको हो । 

यस्तोमा भारतीय क्रिकेट टिमका प्रशंसक निराश बनेका छन् । खेल हारेसँगै भारतीय टोलीका कप्तान विराट कोहलीले आफ्ना प्रशंसकलाई मायाका लागि धन्यवाद दिँदै ट्विट गरेर सम्बोधन गरेका छन् । 

‘सर्वप्रथम त यत्तिको ठूलो संख्यामा उपस्थित भएर टिमलाई हौसला दिनुभएकोमा सबैलाई धन्यवाद छ । तपाईहरुको हामीप्रतिको अथाह मायाका कारण यो प्रतियोगिता स्मरणीय रह्यो । यतिखेर हामी सबै तपाईहरुजस्तै दुखी छौ, यो भावना बाँड्न चाहन्छौ । हामीले क्षमताअनुसार सक्दो मेहनत गरेका थियौ,’ कोहलीको ट्विटमा छ ।