मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमुल थापा
२०७५ पौष १८ बुधबार १३:४९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

टौदहमा जलेवाको 'जलवा' (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा
२०७५ पौष १८ बुधबार १३:४९:००

हरेक वर्ष जाडो बढेसंगै ग्रेट क्यामरुन्ट(जलेवा) चरा उत्तरी क्षेत्र चीनको तिब्बत, रसियालगायत देशबाट नेपालमा भित्रने गर्छ । असोजदेखि चैतसम्म बस्ने जलेवालाई पाहुना चराको रुपमा लिइन्छ । उत्तरी क्षेत्रमा अत्याधिक हिउँ पर्ने भएकाले आहारका लागि यो चरा कोसी, गण्डकी कर्णाली लगायत नदीसहित ठुला तलतैलामा आउने गर्छन्  । माछा मात्र आहारको रुपमा लिने जलेवा उत्तरी क्षेत्रमा हिउँ पर्न थालेपछि नेपाल भित्रने गर्छ । कतिपय चरा बच्चा कोरल्न जाजरकोट लगायतका क्षेत्रमा समेत पुग्ने गरेको चराविद् हेमसागर बराल बताउँछन् । जलेवाले बच्चा कोरल्दा रङ पनि परिवर्तन गर्ने भएकाले थप आकर्षक देखिने गर्दछ । जलेवा चरा ठूलो, मझौला र सानागरी तीन प्रकारका हुन्छन् । जाडो छल्नका लागि काठमाडौंको टौदहमा आएका जलेवा चराका केही दृश्य :
तस्बिर : अमुल थापा/नयाँ पत्रिका