मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामचन्द्र न्यैपाने
२०७५ पौष १८ बुधबार १३:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

डोल्पाको दुई स्थानमा मोबाइल टावर निर्माण हुँदै

Read Time : < 1 मिनेट
रामचन्द्र न्यैपाने
२०७५ पौष १८ बुधबार १३:५२:००

उपल्लो डोल्पाको दुई स्थानमा जि.एस.एम मोबाइल टावर निर्माण हुने भएको छ । शे–फोक्सुन्डो गाँउपालिका अन्र्तगत वडा नं ३ को साल्दाङ्ग र ८ को रिग्मो गाँउमा मोबाइल टावर बन्ने भएको हो ।

मोबाइल टावर निर्माणसँगै त्तरी सिमाक्षेत्रमाका चार हजार स्थानीय लाभान्वित हुनेछन् । सम्पुर्ण वडालाई मोबाइल सेवा दिने उदेश्यले टावर निर्माण गर्न लागिएपनि अग्ला डाँडाकाँडाका कारण भिजेर  र पुग्मो गाँउका स्थानीयले सेवा उपयोगर्न नपाउने गाँउपालिकाले जनाएको छ । 

'वर्षौदेखि सञ्चार सुबिधाबाट बञ्चित थियौँ, करिब एक वर्षको लगातार संघर्षपछि गाँउपालिकाका दुई ठाँउमा मोबाइल टावरकालागि उपकरण ढुवानीगर्न सफल भयौँ' गाँउपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङ्गले भने ।

चिसोका कारण पुस र माघ महिनामा सिमेन्टद्वारा काम गर्न नसकिने भएकोले चैत्रसम्म सेवा सञ्चालनमा ल्याइने गाँउपालिकाले जनाएको छ ।

टावरका राख्नकालागि दुवै ठाँउमा भबन निर्माणको काम सम्पन्न भइसकेको छ ।