१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ असार २६ बिहीबार ०९:२५:००
Read Time : < 1 मिनेट
खेलकुद

गेल र सामुयल्सको त्यो साझेदारी

तपाईंलाईं थाहा छ ?

Read Time : < 1 मिनेट
२०७६ असार २६ बिहीबार ०९:२५:००

वेस्टइन्डिज स्टार क्रिस गेल र मार्लोन सामुयल्सलाई २०१५ को विश्वकपका दौरान एक खेलमा गरेको प्रदर्शनका कारण विश्व क्रिकेटले सधैँ सम्झने गर्छ । २०१५ को विश्वकपमा जिम्बावेविरुद्धको खेलमा टस जितेर वेस्टइन्डिजले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । ओपनिङका लागि क्रिस गेल र ड्वेन स्मिथ मैदानमा आएका थिए । स्मिथ दुई बल खेलेर शून्य रनमै बोल्ड भएपछि क्रिजमा आएका सामुयल्स र गेलले जे गरे, त्यो विश्व क्रिकेटका लागि नै अद्भुत थियो ।

यी दुई ब्याट्सम्यानले जिम्बावेका बलरलाई नराम्ररी चुटे । क्रिस गेलले एक सय ४७ बलमा दुई सय १५  रन बनाउँदा १६ छक्का र १० चौका प्रहार गरेका थिए । त्यस्तै, सामुयल्स एक सय ५६ बलमा ११ चौका र तीन छक्का प्रहार गर्दै एक सय ३३ रन बनाएर अविजित रहे । यी दुईले ५० ओभरमा दोस्रो विकेटका लागि तीन सय ७२ रनको पार्टनरसिप गरेका थिए, जुन टिमको टोटल स्कोरका रूपमा समेत रह्यो । यो विश्वकप इतिहासमा अहिलेसम्मकै सर्वाधिक साझेदारी हो । खेलमा जिम्बावे ७३ रनले पराजित भएको थियो ।