मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार २६ बिहीबार ०९:२५:००
Read Time : < 1 मिनेट
खेलकुद

भारत हारेपछि मोदीको ट्विट : ‘खेलमा हार र जित हुनु भनेको जीवनको एक हिस्सा हो ’

Read Time : < 1 मिनेट
२०७६ असार २६ बिहीबार ०९:२५:००

भारत न्युजिल्यान्डसँग १८ रनले पराजित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खराब नतिजाको संज्ञा दिएका छन् । भारत चौथोपटक फाइनलमा पुग्न नसक्दा प्रधानमन्त्री मोदीले ‘दुःखद नतिजा’ भनी ट्विट गरेका छन् । 

उनले प्रतियोगिताभरि नै भारतीय खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको जनाएका छन् । ‘विश्वकपमा भारतले राम्रो खेल्यो,’ मोदीले ट्विट गरेका छन्, ‘सेमिफाइनलमा पनि अन्तिम समयसम्म खेलाडीले जितका लागि प्रयास गरेका थिए ।’  भारतले यसपटक ब्याटिङ, बलिङ र फिल्डिङमा निकै सुधार गरेको उनले बताए । 

‘इंग्ल्यान्डमा भारतले सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्‍यो, एक भारतीयका रूपमा म भारतीय टोली र खेलाडीको सम्मान गर्छु र उनीहरूप्रति मलाई गर्व छ,’ खेलाडीको प्रशंसा गर्दै मोदीले लेखेका छन्, ‘खेलमा हार र जित हुनु भनेको जीवनको एक हिस्सा हो ।’