मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मानदत्त रावल 
२०७५ पौष १८ बुधबार १३:०९:००
Read Time : > 1 मिनेट
प्रदेश

जुम्लामा लागुऔषध दुव्र्यसन बढ्दो

Read Time : > 1 मिनेट
मानदत्त रावल 
२०७५ पौष १८ बुधबार १३:०९:००

लागुऔषध ओसार पोसार तथा बिक्रि गरिरहेको विशेष सुराकीको आधारमा चन्दननाथ नगरपालिका ४ का २३ वर्षीय दिपबहादुर खत्री प्रक्राउ परे । ६ मिलीग्राम ब्राउन  सुगरसहित उनी रंगेहात प्रक्राउ परेको दुई दिनपछि चन्दननाथ– ३ का २५ वर्षीय सुर्य नेपालीलाई ६ मिलिग्राम ब्राउन  सुगरसहित प्रहरीले रंगेहात पक्राउ गर्यो । उनी दुबै अहिले प्रहरी हिरासतमा छन् । उनीहरुमाथि लागुऔषध ओसारपोसार मुद्दा चलाएर अनुसन्धान भइरहेको छ । 

यसअघि पनि जिल्लाका विभिन्न स्थानबाट दर्जन बढि युवाहरु लागुऔषध ओसारपोसार तथा प्रयोगकर्ताको रुपमा पक्राउ परेका छन् । पटक पटक ब्राउन  सुगरसहित युवाहरु प्रक्राउ पर्नुले जिल्लामा लागुऔषध दुव्र्यसनीमा फसेका युवाहरुको संख्या धेरै बृद्धि भएको प्रहरीको दावी छ । प्रहरीका अनुसार किशोर अवस्थादेखि नै युवाहरुले लागुऔषध सेवन गर्ने गरेको कारण विभिन्न जघन्य अपराधका घटनाहरु समेत बढ्दै गएका छन् । साथी भाईको लहलहै तथा अशिक्षा र बेरोजगारीका कारण लागुऔषध दुव्र्यसनमा फसेको प्रयोगकर्ताहरु बताउँछन् । 

जिल्ला सदरमुकाम खलंगामा मात्रै नभएर गाँउ गाँउसम्म लागुऔषध ओसारपोसार तथा दुव्र्यसनको खतरा बढेको प्रहरी नायव निरीक्षक सिताराम रिजालले बताए । ‘लागुऔषध दुव्र्यवसनमा संलग्नबारे प्रहरी अनुसन्धान जारी छ, यो अपरेसन प्रहरी एक्लैले गरेर सम्भव छैन’ उनले भने, ‘युवालाई दुव्र्यसनबाट टाढा राख्ने वातावरण बनाउनु सबै निकायको दायित्व हो, प्रहरी नियन्त्रणमा रहेकालाई कानुन अनुसार जरिवाना तथा कैद सजाय हुन्छ ।’ दुव्र्यसनमा फसेका युवालाई यसबाट टाढा राख्ने वातावरण बनाउन सबैलाई उनको अनुरोध छ ।   

मेडिकलमै लागुऔषध किनबेच  
जिल्लाका निजी औषधि पसलले लुकिछिपी लागुपदार्थ बेच्ने गरेको पाइएको छ । दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागुपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताए पनि पछिल्लो समय जिल्लाभित्रकै मेडिकलबाट लागुऔषध किनबेच हुने गरेको बताउँछन् ।  मेडिकलहरूले अफिम, कोकिन, हिरोइन तथा ब्राउन सुगरजस्ता प्राणघातक लागुपदार्थ बेच्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तथ्य प्रमाण भेटिए किनबेच गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने प्रहरी निरीक्षक प्रकाश केसीले बताए । मेडिकल सञ्चालक तथा लागुपदार्थ प्रयोगकर्ताबीचको मिलेमतोमा लागुऔषध कारोबार हुँदा प्रहरीलाई समेत अनुसन्धान गर्न समस्या भएको छ ।  

युवालाई सचेतीकरण गर्दै प्रहरी 
लागुऔषध दुव्र्यसन र साईवर क्राइममा विद्यालय पढ्ने उमेरका किशोर किशोरीहरु फस्दै गएपछि जिल्ला प्रहरी कार्यालयले विद्यालयमै गएर सचेतना कार्यक्रम गर्न थालेको छ ।  युवाहरुरमा बढ्दो लागुऔषध दुव्र्यससन र साईबर क्राइमको जोखिम घटाउन किशोर किशोरीका लागि विद्यालय स्तरबाटै सचेतना दिन आवाश्यक रहेको प्रहरी नायव निरीक्षक रिजालले बताए । 

‘यस्तो सचेतना कार्यक्रम चन्दननाथ नमूना माविबाट सुरु गरेका छौ, यसलाई जिल्लाभर निरन्तरता दिन स्थानीय तहहरुको पनि सहयोगको आवाश्यक छ’ उनले भने । सचेतना कार्यक्रमले जिल्लामा बढ्दो लागुऔषध दुव्र्यसन र साईवर क्राइमसँगै बालविवाहसमेत न्युनिकरण हुने नागरीक समाजको अपेक्षा छ ।