Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
उद्यमी
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०८:०९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

१० वर्ष भयो रक्सी–चुरोट छाडेको :अलाइभ ग्लाइडर

मेरो जीवनशैली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०८:०९:००

पहिला र अहिलेको ट्रेन्डमा धेरै चेन्ज आइसक्यो । पहिला बिजनेसम्यान भनेपछि ठूलो भुँडी हुनुपर्छ । लाएको–खाएको जस्तो देखिनुपर्छ भन्ने सोचाइ थियो । अहिले स्मार्ट देखिनुपर्छ, जिउडाल मिलेको हुनुपर्छ, एक्टिभ देखिनुपर्छ भन्ने सोच पलाएको छ । बिजनेसमा लागेका नयाँ पुस्ता एकदमै फिटफाट देखिन्छन् । उनीहरू आफ्नो शरीर मेन्टेन गर्छन् । आफूलाई स्मार्ट देखाउन चाहन्छन् । क्लब धाउँछन् ।

ठूलो भुँडी भएका मान्छे अल्छी हुन्छन् । उनीहरूमा क्रिएसन हुँदैन । अरूको गाइडलाइनमा चल्नुपर्छ । जब मान्छे फिट हुन्छ, राम्रा राम्रा बिजनेस आइडिया आफैँ जन्माउन थाल्छ । म पनि हेल्थप्रति धेरै सचेत छु । मेरो जीवनको पहिलो प्राथमिकता हेल्थ हो । दोस्रो प्राथमिकतामा बिजनेस र तेस्रो प्राथमिकतामा परिवार पर्छ । र, चौथो प्राथमिकता साथीसँगी ।

क्लबमा गएपछि वाइन ग्लासमा रेडबुल हाल्छु । ह्विस्की ग्लासमा क्यानबेरी जुस राख्छु । ग्राहक तथा साथीभाइले मदिरा पिइरहेको ठान्छन् । तर, म जुस पिइरहेको हुन्छु । 

आफू एक्टिभ भएपछि बिजनेस राम्रोसँग ह्यान्डल गर्न सकिन्छ । आफ्नो बिजनेस राम्रो भयो भने परिवारका लागि राम्रो गर्न सकिन्छ । साथीभाइ र समाजको भलो चिताउन सकिन्छ । म फिटनेस क्लब गइरहन्छु । खानेकुरामा ध्यान दिन्छु । फलफूल बढी खान्छु । घुमफिर पनि गरिरहन्छु । हप्ताको एक दिन प्रकृतिसँग रमाउन हाइकिङ जान्छु । 

मैलै जाँड, रक्सी, चुरोड, बिँडी खान छाडेको १० वर्ष भयो । क्लब चलाउँछु, मदिरा बिक्री गर्छु, तर आफू भने पिउँदिनँ । क्लबमा गएपछि वाइन ग्लासमा रेडबुल हाल्छु । ह्विस्की ग्लासमा क्यानबेरी जुस राख्छु । ग्राहक तथा साथीभाइले मदिरा पिइरहेको ठान्छन् । तर, म जुस पिइरहेको हुन्छु । क्लब चलाउन पनि आफूले खाएझैँ गर्नुपर्छ । जस्तो माहोल छ, आफू पनि त्यस्तै बनिदिनुपर्छ ।