मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०८:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी बन्छ ओउजी

रेसिपी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०८:२९:००
आरबी बुढाथोकी
सु–सेफ
सोल्टी क्राउन प्लाजा होटल

ओउजी अरबी समुदायमा लोकप्रिय खाना हो । विशेष दिनमा मात्र तयार गरिने यो खाना बनाउने तरिका पनि अनौठो छ । सिंगै खसी, उँट वा भेडालाई भातमा राखेर खाइने यो अनौठो र रोचक खाना हो । आजकल ओउजी अरब मुलुकमा मात्र नभएर अन्य देशमा समेत खाने गरेका छन् । सिंगो ओउजी फराकिलो किस्तीमा राखेर परिवारका सम्पूर्ण सदस्य तथा आफन्त मिलेर एकैचोटि खाने परम्परा अरबी समुदायमा छ । यसरी खाने गरिएको ओउजी भने प्रायः उँटको तयार गरिन्छ ।  

सामग्री 
२०–२५ केजीको छाला तारेर आन्द्रा भुँडी निकालेको सिंगो खसी, बोका वा भेडा, लङ ग्रेन बासमती चामल ५ केजी, नुन स्वाद अनुसार, तेज पातसहित सम्पूर्ण गरम मसला ३५० ग्राम, लसुन २५० ग्राम, प्याज ५५० ग्राम, हरियो खुर्सानी ६० ग्राम, टोम्याटो पेस्ट २५० ग्राम, चनाको दाल ६५० ग्राम र किसमिस ४०० ग्राम । त्यस्तै, जैतुनको तेल र पानी आवश्यकताअनुसार, धनिया र पुदिना एक–एक मुठा, निबुवा ३ पिस र रोस्ट गरेको पाइन सिट आधा कप ।
बनाउने विधि
ठूलो हुन्डीमा उम्लेको पानीमा गरम मसला, प्याज, लसुन, गाजर, सेलरी, पार्सली, हरियो खुर्सानी, स्लाइस गरेको एउटा निबुवा, धनियाँको डाठ र आधा पुदिना हालेर मज्जाले उमाल्ने । त्यसमा सिंगो छाला तारेको खसी, बोका वा भेडा हाल्ने । दुईदेखि तीन घन्टासम्ममा टेन्डर भएपछि पानीबाट निकालेर मसला तथा जाफरन दलेर ओभन रोस्ट गर्ने, रातो हुनेगरी रोस्ट भएपछि राइसको माथि राखेर सिंगोे खसीलाई डेकोरेसन गरेर पस्कने ।

ओउजी राइस बनाउँदा...
खसी उमालेको पानीबाट सम्पूर्ण सब्जी र मसला निकालेर फालिदिने । पानी अड्कल्ने । भिजाएर पखालेको चामल पकाउने । आवश्यकताअनुसार नुन थप्ने । राइस छड्किन थालेपछि आगो कम गरी छोपिदिने र राम्ररी पाक्न दिने । राइस राम्ररी पाक्नासाथ ठूलो राउन ट्रे मा फिजाउने र सिंगो रोस्ट गरेको ओउजी हाल्ने । भिजाएर उमालेको चनाको दाल, स्नोबर, नाना र किसमिस मिसाउने । त्यसमा केही लेमन स्लाइस र धनियाँ हालेर सर्भ गर्न सकिन्छ । साथै, बोटुकोमा स्पाइसी टोम्याटो सस दिने । जसलाई अरबी भाषामा दाम्कोस भनिन्छ ।