मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०७:५४:००
Read Time : < 1 मिनेट
सप्तरंग

कंगनाबारे पहिलोपटक बोले ऋतिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०७:५४:००

बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनौतबीच केही वर्षदेखि विवाद चलिरहेको छ । कंगनाले धेरैपटक ऋतिकविरुद्ध बोलेकी छिन् । प्रायः शान्त रहने ऋतिकले भने पहिलोपटक मुख खोलेका छन् । आफ्नो प्रदर्शन हुन लागेको फिल्म ‘सुपर ३०’बारे दिएको अन्तर्वार्तामा ऋतिकले कंगनाको नाम नलिई विवादबारे बोलेका हुन् । 

हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा ऋतिकलाई सोधियो कि, ‘कंगना रनौत तपाईंबारे टीकाटिप्पणी गरिरहन्छिन्, तर तपाईं अहिलेसम्म किन केही बोल्नुभएको छैन ?’ 

ऋतिकले भने, ‘म अहिले यो कुरा सम्झन थालेको छु कि दुःख दिनेहरूसँग धैर्यले काम गर्नुपर्छ । यो हाम्रो समाजमाथि निर्भर हुन्छ । यदि मैले कानुनी रूपले जवाफ दिएँ भने आक्रामक ठहर्छु, यदि म पछाडि हटेँ भने मलाई कमजोर दिल भएको भनेर बताइन्छ ।’ उनले अझै थपेका छन्, ‘ती महिलासँग मेरो कुनै कानुनी केस छैन ।’