मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
निराजन पाैडेल
२०७५ पौष १८ बुधबार १२:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानन्यायाधीश राणाले गरे पदभार ग्रहण, न्यायाधीश जोशीलाई राजीनामा दिन आग्रह

Read Time : < 1 मिनेट
निराजन पाैडेल
२०७५ पौष १८ बुधबार १२:५५:००

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन्। बुधबार बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेलगत्तै सर्वोच्च आएर कार्यभार सम्हालेका हुन् ।

पदभार ग्रहण गर्दै न्यायाधीश दीपकराज जोशीलाई अब पेशी नतोक्ने प्रधानन्यायाधीश चोलेन्द्र जबराले बताए । उनले दीपकराज जोशीलाई राजीनामा दिएर बाटो खुलाउन सुझाव दिँदै सर्वोच्चलाई बन्धक नबनाउन आग्रह गरे । सर्वोच्च अदालत परिसरमा न्यायाधीश र कर्मचारीहरुले प्रधानन्यायाधीश राणालाई स्वागत गरेका थिए । 

राणा प्रधानन्यायाधीशका निर्विकल्प दाबेदार थिए । राणा न्यायाधीश भएको १८ वर्षपछि सर्वोच्चमा न्यायाधीश बनेका हुन् । ३० चैत ०५२ मा पुनरावेदन अदालत विराटनगरमा अस्थायी न्यायाधीश सिफारिस भएका उनले ०७१ मा सर्वोच्चमा प्रवेश पाएका थिए । 

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि राणासँगै दीपकराज जोशीको नाम पनि सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएका जोशीको नाममा यसपटक सुनुवाइ समितिमा छलफलसमेत भएन । 

तस्बिर : अमुल थापा/ नयाँ पत्रिका