Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०७:३६:००
Read Time : < 1 मिनेट
सप्तरंग

शिल्पा र छविबीच लफडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०७:३६:००

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल लामो समयदेखि सम्बन्धमा रहेको हल्ला चल्यो । उनीहरूबारे धेरै गसिप बने । अन्ततः ०७३ को दसैँताका उनीहरूले गोप्य रूपमा विवाह गरे । शिल्पा छविकी चौथो श्रीमतीका रूपमा भित्रिएकी थिइन् । 

गत वर्ष मात्र छविले आफूहरूले विवाह गरिसकेको स्विकारे । दुवैले मिडियासँग खुलेरै भने, ‘हामी एक–अर्काका लागि हौँ ।’ शिल्पाले भनेकी थिइन्, ‘छविको ज्यान मात्र बूढो मनचाहिँ तन्नेरी छ ।’ सबैले उनीहरूको सम्बन्ध राम्रोसँग चल्ने अनुमान गरे । 

तर, अनुमान गलत भएको छ । शिल्पाले छविविरुद्ध गत आइतबार प्रहरीमा उजुरी दिएकी छिन् । आफूमाथि घरेलु हिंसा गरेको भन्दै शिल्पाले उजुरी दिएकी हुन् । शिल्पा र छविको सम्बन्ध पछिल्लो केही समयदेखि बिग्रिएको बताइएको छ । छविले आफ्नो काममा हस्तक्षेप गर्ने गरेको शिल्पाको आरोप छ । छविले शिल्पालाई आफू निर्मित चलचित्र ‘लज्जा’बाट फिल्म क्षेत्रमा भित्र्याएका  थिए । 

शिल्पासँग बिहे गर्नुअघि छविले अरू तीनजनालाई आफ्नी बनाइसकेका थिए । तर, उनीहरूसँगको सम्बन्ध राम्रो हुन सकेन । छविकी श्रीमती गीताञ्जली सुनुवारको मृत्यु भएको थियो । नायिका रेखा थापासँग उनले तेस्रो विवाह गरेका थिए । शिल्पा छविकी चौथो श्रीमती हुन् ।