Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०७:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग

शिव परियार आफ्नै म्युजिक भिडियोप्रति असन्तुष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार ०७:२२:००

गायक शिव परियार गीतका शब्द हेरेर मात्र गाउने निर्णय गर्छन् । साढे चार वर्षअघि शब्द हेरेर मात्र गाउने निर्णय गरेका उनलाई त्यसअघि धेरै गीतको अफर आउँथ्यो । तर, अहिले आफ्नो गीत गाइदिन अनुरोध गर्ने कम छन् । उनी भन्छन्, ‘पहिला सय अफर आउने ठाउँमा अहिले ९८ वटा घटेका छन् ।’ 

केही समयअघि हरि लम्सालको संगीत र शिव परियारको स्वरमा दीपा राई पुनको गीत ‘कहीँ चोट बल्झेको वेला’ सार्वजनिक भयो । शिवले दीपाको गीत गाउनु एउटा संयोग रहेछ । उनीहरूको भेट अमेरिकाको बोस्टनमा भएको रहेछ । त्यसको केही समयपछि उनलाई दीपाकै गीत गाउने प्रस्ताव आयो । शिव भन्छन्, ‘दीपा दिदीबाटै गाउने प्रस्ताव आउनुपथ्र्यो, तर तेस्रो व्यक्तिबाट प्रस्ताव आयो । अनि मैले डमी पठाउनुस् भनेँ, डमी मन पनि प-यो ।’ त्यसपछि शिवले स्वर दिए । 

यही गीतको भिडियोप्रति भने शिव असन्तुष्ट छन् । उनी भन्छन्, ‘जति गहिराइमा पुगेर गीत लेखिएको छ, भिडियोले भने त्यसको मर्म नै बोल्दैन ।’ गीतमा एउटा कथा, भिडियोमा अर्कै कथा भएकाले आफूलाई चित्त नबुझेको शिव बताउँछन् । 

भिडियो खगेन्द्र पन्धाक लिम्बूले निर्देशन गरेका हुन् । एलिसा राई र नीराजन प्रधानले मोडलिङ गरेका छन् । शिव भन्छन्, ‘अडियो पक्षमा सय प्रतिशत सन्तुष्टि छ, तर भिडियोको प्राविधिक पक्षमा चाहिँ मेरो विमति छ ।’ उता गीतकार दीपा राई पुन पनि सन्तुष्ट भने रहिनछिन् । उनले भनिन्, ‘भिडियोमा वास्तविक आवाज नै गायब छ, यसो नगरिदिएको भए हुन्थ्यो ।’